पोखरामा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पोखरा । पोखरा महानगरपालिका-१८ आदर्शबस्तीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
ललितपुरको चाकुपाटस्थित जिएनपी अस्पताल तथा ग्रिन नेपाल प्रोमोशन प्रा.लि. को प्राविधिक
सहयोग र आदर्श बस्ती समाजको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा उच्च रक्तचाप, मधुमेह, नशा तथा हाड जोर्नीसहित विभिन्न रोगका करिब १ सय ५० जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिएनपी अस्पतालका मेडिकल डाइरेक्टर डा. दिनेश राईले जानकारी दिए ।
स्वास्थ्य शिविरका सहभागीलाई डा. राई, डा. विजय लामिछाने, ग्रिन नेपाल प्रेमोशन प्रा।लि। का अध्यक्ष रामकुमार राई र प्रशासन प्रमुख पुरुषोत्तम कोइरालाले प्राकृतिक उपचार पद्धति, उपचार विधि, शारीरिक व्यायाम, स्वच्छ जीवनशैलीका लागि अपनाउनुपर्ने पूर्व सावधानी र खानपानलगायत विषयमा सचेतनामुलक जानकारी दिएका थिए ।
बंषाणुगत र घटना विशेषका कारणबाहेक मानव शरीरमा लाग्ने अधिकांश रोगको स्रोत खानपान र जीवनशैली भएको डा. राईले बताए । खानपिनमा अनुशासित हुन सके र नियमित व्यायाम गर्न सकिए धेरै रोगबाट बच्न सकिने डा. राईको भनाइ थियो ।
















किम जोड.ले दीए उपप्रधानमन्त्री बर्खास्त
झापा ५ बाट बालेनले गराए उम्मेदवारी दर्ता
साइमेक्स इंकले नक्कली पेज र वेबसाइटविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने
भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा
तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया