शुक्रबार, वैशाख २५, २०८३

नेपाल यू-१९ क्रिकेट टोली विश्वकप खेल्न दक्षिण अफ्रिका पुग्यो

मेरोन्यूज २०८० पुष २१ गते १७:३४

काठमाडौं । आईसीसी यू-१९ क्रिकेट विश्वकपमा सहभागिता जनाउन नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिम दक्षिण अफ्रिका पुगेको छ ।

Advertisement
NiccNicc

शुक्रबार काठमाडौंबाट गएको नेपाली युवा टोली शनिबार दक्षिण अफ्रिका पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाली टिम शुक्रबार दक्षिण अफ्रिका प्रस्थान गरेको थियो । विश्वकपअघि नेपाली टिम दक्षिण अफ्रिकामा ‘हाइ-परफर्मेन्स क्याम्प’ मा सहभागी हुने छ ।

हाइ-परफर्मेन्स क्याम्पपछि नेपाली टिमले विश्वकपअघिको अभ्यास खेल खेल्ने तालिका रहेको छ । नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ तारिखमा वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्ने तय भएको छ ।

विश्वकपका लागि भने नेपाली टिम समूह ‘डी’ मा रहेको छ । यस समूहमा न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान पनि रहेका छन् ।

नेपालले समूह चरणको पहिलो खेल जनवरी २१ मा न्यूजिल्यान्डविरुद्ध खेल्नेछ । नेपालले दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ तथा तेस्रो खेल अफगानिस्तानविरुद्ध जनवरी २६ मा खेल्नेछ ।

नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो ।

विश्वकपका लागि नेपाली टिमः

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द छन् ।

प्रतिक्रिया