मंगलबार, वैशाख २२, २०८३

सरकारले देश हितविपरीत काम गर्‍यो : झलनाथ खनाल

मेरोन्यूज २०८० पुष २१ गते १८:१८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालको विकास परियोजनामा भारतीय दूतावासले सिधै रकम दिनु गलत भएको बताएका छन् ।

Advertisement
NiccNicc

 शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले नेपालजस्तो स्वतन्त्र मुलुकले अरू देशको दूतावासबाट सोझै रकम ल्याउने गरी परियोजना बनाउने विषय राष्ट्रहितविपरीत भएको बताउँदै छिमेकी देशले दिने अनुदान आफूहरू सहस्र स्वीकार्न तयार रहेको तर दूतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशका निम्ति नराम्रो भएको उनले उल्लेख गरे ।

गत बुधबार भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला भारतीय दूतावासले नेपाली परियोजनामा सिधै २० करोड रुपैयाँसम्म रकम दिन सक्ने समझदारी भएको थियो । यसअघि दूतावासले यस्तो विकास परियोजनामा ५ करोड रुपैयाँसम्म दिन सक्ने व्यवस्था थियो ।

प्रतिक्रिया