देशले परिवर्तनको आवाज खोजेको छ : सभापति लामिछाने
मेरोन्यूज
२०८० पुष २१ गते १८:४३

रामपुर (पाल्पा) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् ।
आज पाल्पाको रामपुर नगरपालिकामा भएको पाल्पा खुला सभालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले जुनसुकै मुद्दा लागे पनि अन्याय र अत्याचारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी लडिरहने बताए । “नेपाली जनताले हार्नु भएन, आँट गरेपछि निश्चित गन्तव्यमा पुग्नुपर्छ, मत परिवर्तन गरिएन भने देश परिवर्तन हुँदैन, विभेदको अन्त्यका लागि सधैँ लड्नेछौँ”, उनले भने ।
सो अवसरमा सोही पार्टीका सांसद सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी सबैको साझा पार्टी भएकाले जनताका मुद्दा, समस्यालाई संसद्मा उठाउँदै आइरहेको बताए ।
सम्बन्धित
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया