विकासका लागि दलीय राजनीतिभन्दा माथि उठ्न आवश्यक छ : मुख्यमन्त्री चौधरी

नवलपरासी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विकास निर्माणका विषयमा दलीय राजनीतिभन्दा माथि उठ्न आवश्यक रहेको धारणा राखेका छन् । पश्चिम नवलपरासीको बर्दघाटस्थित राजा महात्मा पूर्णभद्र माविको स्वर्ण महोत्सवका क्रममा आज आयोजित समापन समारोहमा उनले अबको प्रतिस्पर्धा राजनीतिमा नभई विकासमा हुनुपर्ने बताए ।
मुख्यमन्त्री चौधरीले अब सातवटै प्रदेशका मुख्यमन्त्रीबीच कसले बढी विकास गर्छ र को पहिला जनताको आँगनमा पुग्न सक्छ भन्ने प्रतिष्पर्धा हुनुपर्नेमा जोड दिए । युवालाई स्वदेशमै महिनाको रु ३० देखि ४० हजार कमाउने कसरी बनाउन सकिन्छ रु भन्ने चिन्तनका साथ दुई लाख जनशक्तिलाई रोजगारी दिने योजनाअनुरुप काम अघि बढेको चौधरीको भनाइ थियो ।
“प्राविधिक शिक्षालाई जोड दिनुस्, योजना ल्याउनुस् । प्रदेश सरकारले गर्ने सहयोगका लागि म तयारी छु”, मुख्यमन्त्री चौधरीले भने, “तल्लो तहमा विकास नभई मुलुक विकास सम्भव नहुने भएकाले ग्रामीण क्षेत्रको विकास पहिलो प्राथमिकतामा हुनुपर्छ ।” संविधानलाई पूर्ण कार्यान्वयन गरी आवश्यक नीति–निर्माणमा जोड दिन आवश्यक रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री चौधरीले देश निर्माणमा शैक्षिक जनशक्तिको महत्त्वपूर्ण भूमिका हुने हुँदा प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताए । उनले सीपमूलक व्यवहारिक शिक्षा पद्धति अँगाल्नुपर्नेमा जोड दिँदै प्राविधिक शिक्षामार्फत रोजगारी वृद्धि गर्ने उद्देश्यसहित प्रदेश सरकार अघि बढिरहेको दाबी गरे ।
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया