मंगलबार, वैशाख २२, २०८३

राष्ट्रिय सभामा सिट बाँडफाँड गर्न सत्तारुढ चार दलको बैठक जारी

मेरोन्यूज २०८० पुष २२ गते ९:१४

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी रहेको छ ।

Advertisement
NiccNicc

बिहान सवा आठ बजेदेखि प्रधानमन्त्री निवासमा बैठक बसिरहेको बालुवाटार स्रोतले जनाएकाे छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा छन् ।

स्रोतका अनुसार रिक्त १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले २ स्थान पाउने गरी प्रस्ताव अघि सारिएको छ।

त्यसमा एकीकृत समाजवादी सहमत हुन सकेको छैन। ठूला दुई दलले एकलौटी गर्न खोजेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठक बीचमै छाडेर बाहिरिएका थिए।

अध्यक्ष नेपाललाई राखेर प्रस्तावलाई अन्तिम रूप दिइने र गठबन्धनको बैठक बसेर निर्णय गर्ने गठबन्धनको तयारी छ।

तीन सिट नै दाबी गरिरहेको जनता समाजवादी पार्टी पनि नेपाली कांग्रेस र माओवादी केन्द्रले अघि सारेको प्रस्तावमा सहमत छैन।

प्रतिक्रिया