आइतबार, माघ १८, २०८२

माओवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

मेरोन्यूज २०८० पुष २२ गते १४:५८

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सातै प्रदेशको उम्मेदवार टुंगो लगाएको हो।

बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। त्यसका लागि भोलि उम्मेदवार दर्ता गर्ने कार्यतालिका छ।

निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सीट पाएको थियो । ६ सिट पाएपछि गठबन्धन बैठकलगत्तै पदाधिकारी बैठक बसेर माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको हो।

प्रतिक्रिया