शनिबार, वैशाख २६, २०८३

टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न आदेश

मेरोन्यूज २०८० पुष २२ गते १७:५०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।

Advertisement
NiccNicc

न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हिरासतमा राख्न प्रहरीले गरेको अनुरोधलाई अस्वीकार गरी हाजिर जमानीमा छाड्न आदेश दिएको हो ।

प्रहरीले प्रतिलिपी अधिकार उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएपछि पक्राउ परेका थिए ।

प्रतिक्रिया