बिहीबार, मंसिर १८, २०८२

कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

मेरोन्यूज २०८० पुष २३ गते ७:३९

आज २०८० साल पुष २३ गते साेमबार । पुष कृष्ण द्वादशी । पञ्चाङ्ग: गण्ड कौलव अनुराधा। जनवरी ८ तारिख २०२४

मेष : समय राम्रो छ। व्यापारमा मनग्य फाइदा हुनेछ। आध्यात्मको बाटोमा हिँडेमा मनमा आनन्द छाउँनेछ।

वृष : हरेक क्षेत्र सबल रहे पनि सवारी साधनमा हिँड्दा गति सुस्त गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आज हरेक क्षेत्रको चिन्ता लाग्नसक्छ। मित्रहरु टाढिने समय छ। वैदेशिक क्षेत्रमा लाभ प्राप्त होला। परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कट : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तीव्र गतिको सवारी साधनमा यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँग बसे दिन रमाइलो कट्नेछ ।

सिंह : अचानक खर्च बढ्ने छ। परिवारमा विश्वासको खडेरी पर्न सक्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : आज जुनसुकै कामको लागि आफ्नै मेहनत आवश्यक देखिन्छ। अरुको सहयोग लिन खोज्दा विवाद हुनेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

तुला : निजी काम भन्दा परोपकार गर्नु राम्रो हुने छ। आज गरेको कामको प्रशंसा लामो समयसम्म हुन्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : निराशाको मनोवृत्तिले काममा मन नजान सक्छ। परिवारको साथ र सहयोग पाइने छ।

धनु : शिक्षा, स्वास्थ्य र रोजगारीमा फाइदा हुन्छ। राज्यको तर्फबाट मानसम्मान प्राप्त हुने योग देखिन्छ। पारिवारिक सम्बन्धमा समस्या हुने भएकाले सोचेर बोल्नु राम्रो हुनेछ।

मकर : संघर्ष गरेर अगाडि बढ्नुपर्ने देखिन्छ।परिवारको साथले दिन खुशीका साथ बित्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : तनावले सताउने समय छ। भए नभएका आरोप सुन्नुपर्ने हुनसक्छ। नसोचेको साथीको साथ मिल्नसक्छ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुने छ।

मीन : बोली अर्थपूर्ण रहनेछ। थोरै लगानीबाट धेरै मुनाफा हुनेछ। स्वास्थ्य र शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।

प्रतिक्रिया