कैलाली–कञ्चनपुरमा चिसो बढ्दा जनजीवन प्रभावित

कञ्चनपुर । कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । बिहानदेखि दिउसो १२ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो ।
कुहिरो र हुस्सुकै कारण बजार क्षेत्रका पसल ढिलोगरी खुल्न थालेका छन् । बजार क्षेत्रमा बिहानीको समयमा हुने चहलपहलको कार्यमा समेत कमी आएको छ । हुस्सु र कुहिरोकै कारण सडक क्षेत्रमा ‘भिजिविलिटी’ कम हुँदा सडक दुर्घटना हुने सम्भावना बढ्दै गएको छ ।
“सडकमा पाँच मिटर परसम्म पनि बिहानीको समयमा कुहिरो र हुस्सुका कारण देख्न सकिने अवस्था हुँदैन”, ट्रयाक्टर चालक मानबहादुर डगौराले भने, “त्यही भएर बिहानै बालुवा बोक्न महाकालीतर्फ जान्थ्यौँ, हाल ढिलोगरी जाने गरेका छौँ, चिसो पनि त्यतिकै छ ।” पूर्वपश्चिम राजमार्गमा चल्ने यात्रुबाहक सवारीसाधन चालकले पनि हुस्सु र कुहिरोकै कारण निकै सावधानी पूर्वक सवारी साधन चलाउनुपर्ने अवस्था रहेको छ ।
विद्यालय जाने बालबालिका, बुढापाका, दीर्घरोगी, मजदुर, गन्तव्यमा जाने यात्रु चिसोबाट बढी प्रभावित भएका छन् । बिहानी कक्षामा पुग्ने विद्यार्थी चिसोका कारण कठ्याङ्ग्रिने समस्या हुन थालेपछि केही विद्यालयले ढिलोगरी कक्षा सञ्चालन गर्न थालेका छन् । विद्यालयमै आगो ताप्ने व्यवस्था गरिएको छ ।
चिसोका कारण बालबालिकामा निमोनिया, रुघाखोकी र वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या लिएर आउने बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दोरुपमा रहेको दीपनगर आधारभूत स्वास्थ्यचौकीका प्रमुख कृष्णराज जोशीले बताए ।
उनले शीतलहरबाट जोगिनका लागि घर बाहिर निस्कँदा शरीरभरि न्यानो हुनेगरी बाक्लो कपडा लगाउने, जुत्तासँगै बाक्लो मोजा लगाउने, तातोपानी लगायतको तरल पदार्थ बढी खानुपर्ने उनको सुझाव छ । ओढ्ने बिछ्याउने न्यानो कपडाको अभाव हुँदा जिल्लाका विभिन्न शिविरमा बस्दै आएका भूमिहीन परिवारले चिसोमै रात कटाउने गरेको दुखेसो गरेका छन् ।
वनहरा शिविरमा बस्दै आएका मानध्वज लुहारले झोपडीको छाना बनाउन राखिएको प्लाष्टिकको त्रिपालभित्रबाट शीतका थोपा चुहिने गरेकाले कपडा भिज्दा कठ्याङ्ग्रिँदो चिसोमै रात कटाउनुपर्ने बाध्यता भएको बताए । सामुदायिक वनबाट दाउरा ल्याउन नसक्दा झुपडीमा रातभरी आगो बालेर न्यानो गर्न नपाइएको उनको भनाइ छ ।
“चिसोका कारण बिरामी पर्न थालेपछि शिविरका अधिकांशले मजदुरी गर्न जान नसक्दा भोकभोकै बस्नुपर्ने अवस्था सिजना भएको छ”, उनले भने, “चिसोले शरीरमा न्यानो गर्ने कपडाको जोहो मिलाउन सकेका छैनौँ, त्यही भएर मजदुरी गर्न जानै सकिएको छैन ।” कैलाली र कञ्चनपुरमा एक हप्ताअघिदेखि बिहानी पख र साँझपख निकै चिसो बढेको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया