शनिबार, वैशाख २६, २०८३

काठमाडौंबाट ४७ किलो चाँदीसहित ३ जना पक्राउ

मेरोन्यूज २०८० पुष २३ गते १८:३१

 काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले अवैध रुपमा राखिएको ४७ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फ रहेको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

Advertisement
NiccNicc

उनका अनुसार, उपत्यकाको भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमा प्रहरीले छापा हान्ने क्रममा उक्त चाँदीका गहनासहित उनीहरुलाइ पक्राउ गरिएकाे हाे ।

पक्राउ परेकाहरु सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।

प्रतिक्रिया