नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ। नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्बीच ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ सञ्चालन तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्रकुमार झाबीच आज प्रहरी प्रधान कार्यालयमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले सडक दुर्घटनाबाट हुने धनजनको क्षति एवं ट्राफिक व्यवस्थापन गम्भीर विषय भएको चर्चा गरे । उनले उक्त सम्झौताले दुर्घटना न्यूनीकरणका साथै धनजनको क्षतिमा कमी ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा एवं यातायात व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवाला निकायको साथ सहयोग र समन्वय आवश्यक रहने उनको भनाइ छ । समारोहमा सडक सुरक्षा व्यवस्थापन विज्ञ डा पार्थ पराजुलीले सफ्टवेयर सञ्चालन तथा ट्राफिकसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणसम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
यातायात पूर्वाधारको व्यवस्थापन गरी सुरक्षा बढाउन, सीमापार व्यापारलाई सहज बनाउन र रणनीतिक सडक नेटवर्कको व्यवस्थापन क्षमतालाई सुदृढ पार्ने सम्झौताको उद्देश्य रहेको छ ।
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया