१५१ जनाद्वारा रक्तदान

काठमाडौँ । नेपाल आयल निगमको ५४औँ वार्षिकोत्सवको अवसर पारेर आज रक्तदान गरिएको छ ।
निगमको केन्द्रीय कार्यालय टेकुमा आयोजित कार्यक्रममा निगमका कर्मचारी, पूर्वकर्मचारी तथा कर्मचारी परिवारका एक सय ५१ ले रक्तदान गरेका तिए ।
निगमले एक दशकदेखि प्रत्येक वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ । अघिल्लो वार्षिकोत्सवमा कूल एक सय ३१ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रास सोसाइटी रक्त सञ्चार सेवा, ताहाचलको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको निगमले जनाएको छ ।
त्यस अवसरमा एक सय ७६औँ पटक रक्तदान गरेका प्रेमसागर कर्माचार्यले वार्षिकरूपमा कम्तीमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्न सुझाव दिए । निगमको रक्तदान कार्यक्रम उपसमितिका संयोजक विकास बखतीले रक्तदाता, नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार विभागलगायत सम्पूर्ण सहयोगीमा धन्यवाद ज्ञापन गरेका थिए ।
नेपालमा पेट्रोलियम पदार्थ कारोबारको एकाधिकार पाएको निगमले वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । निगमले यही पुस २६ गते स्थापनाको ५४आँै वार्षिकोत्सव मनाउँदै छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया