बिहीबार, वैशाख २४, २०८३

तपस्वी रामबहादुर बम्जन बुढानिलकण्ठबाट पक्राउ

मेरोन्यूज २०८० पुष २४ गते १९:१३

काठमाडौं । तपस्वी रामबहादुर बम्जन पक्राउ परेका छन् । उनी आज काठमाडौंको बुढानिलकन्ठबाट पक्राउ परेका हुन् ।

Advertisement
NiccNicc

लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो ।

आफ्ना अनुयायीहरुमाथि बलात्कार र हत्या हिंसा गरेको आरोप उनीमाथि छ।

‘तपस्वी’ रामबहादुर बमजनलाई अदालतमा उपस्थित हुन भन्दै प्रहरीले उनको घरमा २०७७ सालमा सूचना टाँस गरेको थियो। तर उनी अदालतमा उपस्थित भएका थिएनन्। फरार रहँदै आएका थिए।

उनी फरार भएपछि बाराको निजगढ नगरपालिका १२ रतनपुरीस्थित बमजनको पुर्खौली घरमा तत्कालीन वडाध्यक्षको रोहबरमा सूचना टाँसिएको थियो।

प्रतिक्रिया