माछापुच्छ्रे बैंकको १ करोड बढी कित्ता संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०८० पुष २५ गते ११:५२

काठमाडौं । माछापुच्छ्रे बैंकको १ करोड १२ लाख बढी कित्ता शेयर आज पुस २५ गतेबाट बिक्रीमा राखिएको छ।
संस्थापक शेयरधनी सुरेन्द्र महतोको स्वामित्वमा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १० लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।
शेयर खरिदका लागि बोलपत्र आउँदो माघ २ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा पेस गर्नुपर्नेछ।
सम्बन्धित
















कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया