अवैध रुपमा सञ्चालित पाँच ई–रिक्सा नष्ट

खजुरा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रुपमा सञ्चालित ई–रिक्सा नष्ट गर्न सुरु गरेको छ । लामो समयदेखि ई–रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई–रिक्सा नष्ट गर्न थालेको हो ।
गत मङ्सिर १९ गतेदेखि अवैध रुपमा सञ्चालित ई–रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले मङ्गलवार पाँच ई–रिक्सा नष्ट गरेको छ । आवश्यक कागजात नभएका ती ई–रिक्सा प्राविधिक जाँच गरी स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो ।
नष्ट गरिएका ई–रिक्सामा भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरका रहेका नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए। यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशील शर्माले ई–रिक्सा धनी तथा चालककै रहोवरमा कागजात अद्यावधिक भए÷नभएका, चेसिज नम्बर मिले÷नमिलेको वा भए÷नभएको प्राविधिक जाँच गरेका थिए ।
उपमहानगरपालिकाले ई–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पु¥याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर ई–रिक्साका कागजपत्र अद्यावधिक गर्न समय दिइएको थियो ।
नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध रुपमा सञ्चालित ई–रिक्सा पूर्णरूपमा सञ्चालनमा प्रतिबन्ध लगाउने अभियानमा उपमहानगरपालिका दृढ भएर लागेको बताए । “हामीले पटक–पटक भनेको हौँ, अद्यावधिक गर्न समय पनि दिएका थियौँ, नियन्त्रणमा लिइएका धेरै ई–रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छाडेका छौँ, अवैध सञ्चालित ई–रिक्सा हामीले नष्ट गर्न सुरु गरेका छौँ”, नगर प्रमुख विष्टले भने, “अब हामी निरन्तर अगाडी बढ्छौँ, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन ।”
उपमहानगरपालिकाले हालसम्म छ सय २३ ई–रिक्सा नियन्त्रण लिएको छ । तीमध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएपछि पाँच सय ३८ ई–रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ ई–रिक्सा नियन्त्रणमै छन् । ती ई–रिक्सामाथि पनि छानविन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताए ।
















Thailand votes after three prime ministers in two years
राष्ट्रियसभा बैठक सुरु
दुर्गा प्रसाईं फेरि पक्राउ
HoR election: EC to depute volunteers in all wards for voter education
सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि २७ सम्म
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया