राष्ट्रपतिसँग एफएओका महानिर्देशकको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक डा क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेसा बनाउन सके नेपाल आत्मनिर्भर हुनसक्ने उल्लेख गर्दै यसमा नेपालले विश्व खाद्य सङ्गठनबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।
जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा पनि परेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले पानीको स्रोत संरक्षण गर्न र जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ अब विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनले एफएओलाई नेपालको विशिष्ट जलवायु संवेदनशीलतालाई बुझ्न र त्यसका लागि वित्तीय, प्राविधिक र क्षमता विकाससँग सम्बन्धित संशाधनमा वृद्धि गर्न आग्रह गरे।
महानिर्देशक डोङ्ग्यूले नेपालको कृषि क्षेत्रको क्षमता अभिवृिद्धका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य सङ्गठन सदैव तयार रहेको बताएका छन् ।
















अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया