जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भक्तपुर । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आजदेखि भक्तपुरमा जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति भक्तपुरले आज सूर्यविनायकस्थित खेलमैदानमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले खेलकुदबाटै देशलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सकिने बताए ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, जिम्न्याष्टिक सङ्घका केन्द्रीय सदस्य बचन देउजा, प्याब्सन मध्यपुरका अध्यक्ष निलेश आचार्यलगायतले खेलकुदको विकासका लागि राज्यले खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले जिल्लाका चारवटा नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता र उपविजेता टोली तथा छनोट चरण पार गरेर आएका उत्कृष्ट खेलाडीको प्रतियोगितामा प्रतिस्पर्धी रहेको बताए ।
उनले भलिबल, कबड्डी, उसु, कराते, तेक्वान्दो र एथलेस्टिक गरी छवटा खेलमा सात सय ५२ खेलाडी प्रतिस्पर्धामा रहेको बताए । यही पुस २९ गते हुने समापन कार्यक्रममा विजेतालाई रनिङ शिल्ड तथा अन्य उपविजेता, प्रथम, द्वितीय तथा तृतीय र उत्कृष्ट खेलाडीलाई ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया