मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि माङ्सेबुङले जित्यो

ओखलढुङ्गा । प्रदेशस्तरीय अन्तरपालिका स्तरीय अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ ।
मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा सञ्चालित अन्तरपालिकास्तरीय अध्यक्ष कप फुटबलमा माङ्सेबुङ गाउँपालिकाले आयोजक मानेभञ्ज्याङलाई २–१ गोलअन्तरले पराजित ग¥यो ।
आज भएको फाइनलमा माङ्सेबुङको जीतमा टीकाराम योङहाङ र निर्मल राईले एक–एक गोल गरे । मानेभञ्ज्याङका लागि विकास राईले एक गोल फर्काए । विजेता माङ्सेबुङले नगद रु पाँच लाखसहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीद्वारा निर्मित रनिङ शिल्ड साथै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद रु तीन लाखसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताको सेमिफानलमा पुगेका ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र तेह्रथुम लालीगुराँस नगरपालिकाले रु एक–एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । कृषि र पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना साथै नेतृत्व विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय स्थानीय तह अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रुम्दालीले बताए ।
प्रतियोगितामा कोशी प्रदेशका ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानीय तहको सहभागिता थियो । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष योङहाङ, सर्वाधिक गोलकर्ता माङ्सेबुङका एलन लिम्बू र उत्कृष्ट खेलाडीको उपाधि मानेभञ्ज्याङ गाउँपालिकाका टिम क्याप्टेन राजु राईलाई प्रदान गरिएको छ ।
यही पुस १७ गते युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतियोगिता उद्घाटन गरेका थिए । खेलको समापन समारोहमा राष्ट्रिय गानका रचियता व्याकुल माइलालगायतका अतिथि सहभागी थिए ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया