प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट आजदेखि सुरु

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो ।
प्रतियोगिताका खेलहरु ३ मैदानमा हुनेछन् । काठमाडौंको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान तथा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक राउण्ड रोविन लिगमा यस प्रतियोगिता हुनेछ । जसले गर्दा हरेक टोलीले कम्तीमा ९ खेल खेल्न पाउनेछन् ।
पहिलो दिन तीन खेल हुनेछ । उद्घाटन खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच त्रीवी क्रीकेट मैदानमा हुनेछ । उक्त खेलमा पुलिसले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । बागमतीको कप्तानी रित गौतम र पुलिसको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका छन् ।
यस्तै कोशी र मधेश प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ भने लुम्बिनी र गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा खेल हुनेछ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया