आइतबार, माघ १८, २०८२

चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

मेरोन्यूज २०८० पुष २८ गते १५:४२

हेटौँडा । चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा प्रदेश नम्बर ३–०१०२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको र २ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

मृत्यु हुनेमा काठमाण्डौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम  र ४ वर्षीय प्रियान्स गौतम छन्।

दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते एकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।  उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको एसपी ढुंगेलले जानकारी दिए।

प्रतिक्रिया