सुदूरपश्चिममा ३ दिनमा नौ जनामा देखियो कोरोना सङ्क्रमण

सुदूरपश्चिम। पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो ।
तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार चारसय ४४ व्यक्ति नेपाल भित्रिएका छन् । कोरोना सङ्क्रमित आठ व्यक्तिको नमुना सङ्कलन गरी थप परीक्षणका लागि क्षेत्रीय प्रयोगशालामार्फत केन्द्रमा पठाइएको थियो ।
गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउद कोरोना भाइरसका सङ्क्रमित फेरि भेटिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न सुझाव दिए । “सीमानाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमित बढ्दै गएको देखिएको छ”, उनले भने, “हेल्थ डेस्कमा नमुना परीक्षणका लागि आवश्यक स्वास्थ्यकर्मी, एन्टिजेनको कीट ,मास्क ग्लब्सलगायतका सामग्री पर्याप्त छन् ।”
उनले सङ्क्रमितलाई होम आइसोलेशनमा बस्न र सिकिस्त भएको अवस्थामा अस्पताल जान सल्लाह दियएको र सम्बन्धित पालिकासँग समन्वय गरिरहेको जानकारी दिए ।















बेलुकी ६ बजेसम्म २९२५ जनाको उम्मेदवारी दर्ता
स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
ऋषि धमलाले रौतहट-४ मा गराए उम्मेदवारी दर्ता
सोविता गौतमले चितवन-३ बाट गराइन् उम्मेदवारी दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया