सोमबार, वैशाख ७, २०८३

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने

मेरोन्यूज २०८० पुष २९ गते १५:३९

काठमाडौं। निर्माण व्यवसायीहरूलाई नेपाल सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै अगाडि बढाउने निर्णय भएको हो।

अर्थमन्त्री डा। प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव डा। कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि आजै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो।

छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीको गत आर्थिक वर्षके भुक्तानी गर्न बाँकी रू। १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व गरी रू। ६ अर्ब ३० करोड तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आजै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो। यो निर्णयसँगै विकास निर्माणका कामले गति लिने र अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया