प्रधानमन्त्री कपमा एपीएफको विजयी सुरुवात

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले शानदार शुरुवात गरेको छ । आइतबार आफ्नो पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।
एपीएफले दिएको २४२ रनको लक्ष्य पछाएको बागमती प्रदेशले ४२.५ ओभरमा अल आउट हुदै १५२ रन मात्र बनाएको थियो ।
बागमतीको ब्याटिंग लाइनअप ध्वस्त गर्नेक्रममा एपीएफका कप्तान रोहित पौडेलले सर्बाधिक ४ विकेट लिएका थिए भने अविनाश बोहोरा र मौसम ढकालले २-२ विकेट लिएका थिए । त्यस्तै पुरन बिक र भुवन कार्कीले एक एक विकेट लिएका थिए ।
बागमतीका लागि कप्तान रित गौतमले सर्बाधिक ६० रन बनाए भने आशुतोष घिरइयाले ४१, रबिन जोशीले २० तथा बिबेक मगरले १५ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले सन्दीप जोराको शतकीय पारीको मद्धतले ५० ओभरमा ९ विकेट गुमाउदै २४१ रन बनाएको थियो ।
केवल ४१ रनमा ५ विकेट गुमाएको एपीएफलाई सन्दीपले सम्हालेका थिए । सन्दीपले ११७ बलमा ११२ रन बनाएका थिए ।
त्यस्तै लोकेश बमले २७ रन बनाए भने अमर रौतेलाले २२ रनको योगदान दिएका थिए । त्यसै गरी यस सिजनमा आर्मीबाट एपीएफमा आएका राष्ट्रिय टिमका कप्तान रोहित पौडेल भने यस खेलमा केवल २ रनमा आउट भएका थिए । त्यस्तै प्रज्वल शाहीले १०, आसिफ सेखले १५, सुमित महर्जनले ६, भुवन कार्कीले १० तथा अविनाश बोहोराले अविजित १८ रन बनाएका थिए ।
त्यसैगरी बागमतीका बलर सुर्य तामाङले सर्बाधिक ३ विकेट लिए भने प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए । त्यस्तै सोनु देवकोटाले एक विकेट लिएका थिए ।
यस खेलको प्लेयर अफ द म्याच सन्दीप जोरा बनेका थिए । अब एपीएफले अर्को खेल भोलि सोमबार नै कोशी प्रदेशविरुद्ध मुलपानी क्रिकेट मैदानमा खेल्ने तालिका रहेको छ । त्यस्तै बागमतीले भने लगातार दोस्रो हार बेहोरेको छ ।
अब बागमतीले आफ्नो तेस्रो खेल मंगलबार मधेश प्रदेशविरुद्ध मुलपानीमै खेल्ने तालिका छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया