चितवनमा ‘एक पटकमा एक योगदान’ अभियान सुरु

चितवन । संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ ।
बेलायत निवासी नेपाली युवा व्यवसायी तथा समाजसेवी रघु दाहालले आफ्नो गृहनगर चितवनको भरतपुरस्थित पार्वतीपुरबाट उक्त अभियान थालेकी छन् ।
स्थानीय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेर दाहालले ‘एक पटकमा एक योगदान’ अभियान सुरुआत गरिएको घोषणा गरिन् । विदेशमा रहेका हरेक नेपाली स्वदेश फर्किएका बेला हरेक पटक कम्तीमा एउटा सहयोग गर्नुपर्ने अवधारणाका साथ यो अभियान सुरु गरिएको उनले बताईन् ।
कञ्चन समाज विकास परिषद्द्वारा आयोजित कार्यक्रममा युवा उद्यमी दाहालले हरेक प्रवासी नेपालीलाई स्वदेश फर्किदा हरेक पटक केही न केही सहयोग गर्ने अठोट गर्न आह्वान गरिन् । उनले हरेक महिना कम्तीमा एक लाख नेपाली स्वदेश फर्किने गरेको तथ्याङ्क प्रस्तुत गर्दै हरेकले सानै भए पनि सहयोग गर्दा अरु लाखौँ नेपाली लाभान्वित हुने तर्क गरिन् ।
विदेशमा भए पनि आफ्नो गाउँठाउँका बारेमा सोच्ने बानीले देशप्रतिको माया ताजा रहिरहने र देशको विकासमा पनि योगदान पुग्ने दाहालले बताइन्। बेलायतमा होटल, रेष्टुराँ, घरजग्गा व्यवसायलगायतका विभिन्न पेसा व्यवसायमा संलग्न दाहालले नेपालमा पनि शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गरेकी छन् । उनले यसअघि पनि हरेक पटक स्वदेश फर्कदा विभिन्न सहयोगका कार्यक्रम गर्दै आएकी थिईन् ।
















सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया