कप्तान विनोदको शतकमा आर्मीको शानदार जित

काठमाडौं। कप्तान विनाेद भण्डारीको शानदार शतकप्रेरीत विभागीय टिम त्रिभुवन आर्मीले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुखद सुरुआत गरेको छ ।
सुखद सुरुआत गर्नेक्रममा मधेश प्रदेशलाई आर्मीले १२६ रनको फराकिलो अन्तरले हराएको छ । आर्मीले दिएको ३२१ रनको विशाल लक्ष्य पछ्याएको मधेश ४७.४ ओभरमा १९४ रनमा अलआउट भयो ।
मधेशका लागि पवन सर्राफले ६५, मयन यादवले ३४ र राजेश यादवले ३४ रन जोडे । रुपेश सिंहले १८ रन थप्दा विशाल पट्टेलले १७ रन थपे । बलिङतर्फ आर्मीका साहव आलमले ४ तथा सोमपाल कामीले २ विकेट लिए ।
यसअघि कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३२० रन जोडेको थियो । आर्मीका लागि कप्तानसमेत रहेका भण्डारीले ८९ बलमा ९ चौका र ४ छक्का हिर्काउँदै शतक पूरा गरेका हुन् । उनले पाँचौ विकेटका लागि अर्का ब्याटर कुशल मल्लसँग मिलेर १३४ रनको शतकीय साझेदारी गरिरहेका थिए । भण्डारी ११३ रनमा आउट भएका थिए ।
त्यस्तै विवेक यादव र कुशल मल्लले समान ३७ रन जोड्दा सन्तोष कार्की ४२, इमरान शेखले २६ र भीम सार्कीले १८ रन जोडे । वसिर अहमदले १६ रन थप्दा आर्मीले अतिरिक्तमा पनि १६ रननै पाएको थियो ।
बलिङतर्फ मधेशका रञ्जित कुमारले ५ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ४१ रन खर्चिएर ५ विकेट लिँदा विशाल पट्टेलले २ विकेट लिए । मधेशले पहिलो खेलमा कोशीलाई हराउँदा आर्मीको यो पहिलो खेल हो ।
















जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया