शुक्रबार, वैशाख २५, २०८३

झापाको एक विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

मेरोन्यूज २०८० माघ २ गते १२:५५

झापा । झापाको एक विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन्।

Advertisement
NiccNicc

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार सोमबार बिहान सवा १० बजे बिर्तामोड नगरपालिका वडा नम्बर ७ राधाकृष्‍ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको प्राङ्‍गणमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किएको हो ।

उक्त ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन्।

स्कुलमा खेलकुद दिवसका कार्यक्रमका लागि बेलुन फुलाउन एउटा हाइड्रोजन ग्‍यास सिलिण्डर ल्याइएको थियो।

बेलुन फुलाउने क्रममा एक्कासी सिलिण्डर पड्किएदा डेकुरेसन सिलगुढी संस्थाबाट खटिएका भारतीय नागरिक ५४ वर्षीय गणेश सहनी गम्भीर घाइते छन्। उनको उपचारको लागि बिएण्डसी अस्पताल लगिएको छ।

साथै सिलिण्डर पड्कँदाको आवाजले गर्दा कक्षा ९ मा पढ्ने बिर्तामोड–७ की १५ वर्षीय कुसुम तामाङको कानमा समस्या आएको छ। उनको उपचारको लागि बिएण्डसी अस्पतालमा पठाइएको छ। उनको अवस्था सामान्य छ।

प्रतिक्रिया