औषधी व्यवस्था विभागमा ढकालको सरुवा आतंक

काठमाडौं । औषधीको नियमक निकाय औषधी व्यवस्था विभागमा सरुवा आतंक फैलिएको छ । विभागका महानिर्देशक नारायण ढकालले मनोमानी तरिकाले कर्मचारी सरुवा गर्न थालेपछि यस्तो आतंक मच्चिएको हो ।
अधिकृतस्तरका कर्मचारीको फेरबदल स्वास्थ्य मन्त्रालयले गर्ने भएतापनि कर्मचारीको लिष्ट बनाएर आफैले सरुवा गरिदिएका हुन् । नियमित सरुवाको समय नै नभएकाहरुलाई पनि ढकालकै दबाबमा मन्त्रालयले सरुवा गरेको स्रोतले जनाएको छ । ‘ कुनै पनि प्रकारको नियमित सरुवा होइन महानिर्दैशक ढकालको लिष्टमा एउटा पनि तलमाथि नभई सरुवा भएको छ,’ स्रोतले भन्यो ।
औषधी व्यवस्था विभाग स्रोतका अनुसार ढकालले आफूखुसी गर्ने काममा प्रश्न उठाउने र गुपचुप रुपमा ऐन परिवर्तनको मस्यौदा तयार गरिरहेको विषयमा चासो देखाउने कर्मचारीलाई छानी—छानी जिम्मेवारी हेरफेर र सरुवा गरेका छन् ।
लोकसेवाबाट नाम निकालेर वीर अस्पतालमा पदस्थापन भएको तीन महिना पनि नपुगेका फार्मेसी अधिकृत अनुप विष्टलाई विभागमा तानेका छन् । वीरमा जान पहिलेदेखि नै रुची राखेका मानबहादुर महरालाई पठाएका छन् ।
त्यसैगरी, कोशी प्रदेशबाट एक वर्षअघि औषधी व्यवस्था विभाग सरुवा भएका संजीव कट्टेललाई स्वास्थ्य सेवा विभाग पठाएका छन् । उनको ठाउँमा स्वास्थ्य सेवा विभागबाट निशा पराजुलीलाई ल्याइएको छ । पराजुली लोकसेवाबाट नाम निकालेर विभागमा पदस्थापन भएर कार्यभार सम्हालेको एक वर्ष मात्रै भएको छ ।
सामान्यतयाः सुरुको पदस्थापन भएको दुई वर्षसम्म कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गरिदैन् । कर्मचारीहरु पनि कम्तीमा २ वर्ष एक ठाउँमा रहेर काम गर्न चाहन्छन् । महानिर्देशक ढकालले आफूलाई मन नपरेका कर्मचारीलाई अवधि नै नपुगी सरुवा गराएका छन् । उनले आफूले भनेअनुसार खुरुखुरु काम गर्ने निकट कर्मचारीलाई भने ७÷८ वर्षदेखि विभागमै काखी च्यापेर राखेका छन् । केही समयअघि वीर अस्पतालबाट कार्वाहीमा परेर विराटनगर सरुवा भएका श्याम मण्डललाई औषधी व्यवस्था विभागमै काजमा ल्याएका छन् ।
त्यसैगरी, औषधी व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख टेकेन्द्र मिश्रलाई औषधी व्यवस्था विभाग तानिएको छ भने औषधी व्यवस्था विभागका निकेश श्रेष्ठलाई विराटनगर पठाइएको छ ।
त्यस्तै, विभागबाट चतुर्भुज धनाडीलाई डडेल्धुरा पठाइएको छ । डडेल्धुराका विवेक श्रेष्ठलाई वीर अस्पताल र सर्फराज अहमदलाई वीरगञ्जबाट औषधी व्यवस्था विभाग ल्याइएको छ । उनले आफूखुशी सरुवा गरेको भन्दै कर्मचारीहरुले मन्त्रालयमा असन्तुष्टि प्रकट गरेका छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया