आइतबार, वैशाख २०, २०८३

एमालेका ६ केन्द्रीय सदस्यले लिए शपथ

मेरोन्यूज २०८० माघ २ गते १६:३३

काठमाडौं। नेकपा एमालेका ६ जना नयाँ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

Advertisement
NiccNicc

पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई मंगलबार शपथग्रहण गराएका हुन्। पार्टीको केही दिनअघि बसेको ३६ औं सचिवालय बैठकले ६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो।

बैठकले तुलसीप्रसाद न्यौपाने, रामअवतार यादव, केशवराज पाण्डे, बिनोद शाह, दामोदर भण्डारी र दीपक थापालाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो।

शपथग्रहण समारोहमा पार्टी पदाधिकारिहरुको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया