त्रिविले माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने
मेरोन्यूज
२०८० माघ २ गते १६:५२

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट दिने सेवा अब अनलाइन प्रणालीबाट लागू हुने हुने भएको छ । मंगलबार माघ २ गते बसेको त्रिभुवन विश्वविद्यालय, केन्द्रीय परीक्षा संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
आज बसेको समितिको बैठकले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरु द्वारा दिइने सेवाहरु ट्रान्सकृष्ट प्रोविजनल प्रमाणपत्र, पुनयोग, प्रतिलिपि, करेक्सन अनलाइन माध्यमबाट पैसा तिरेर जुनसुकै ठाउँबाट पनि त्रिभुवन विश्वविद्यालयबाट प्रदान हुने सेवा लिन सक्ने निर्णय गरेको हो ।
आगामी माघ १५ बाट नै उक्त प्रणाली लागू हुने जनाइएको छ । त्रिभुवन विश्वविद्यालयबाट प्राप्त हुने सेवा जुनसुकै ठाउँबाट पनि लिन सकिने प्रणालीको विकास हुनु सकरात्मक विषय हो ।
सम्बन्धित

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया