सूर्य तामाङको ह्याट्रिकमा बागमतीको पहिलो जित

काठमाडौं । सूर्य तामाङको ह्याट्रिकप्रेरित बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा बागमतीले मधेस प्रदेशलाई ८६ रनले पराजित गरेको हो ।
मधेशका लागि पवन सर्राफले ४५ र निरज यादवले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो पदर्शन गर्न सकेनन् ।
मधेशलाई निराश बनाउनेक्रममा बागमतीका लागि सूर्य तामाङले घातक बलिङ गरे । सनसनीपूर्ण बलिङ गरेका तामाङले ९ ओभरमा १९ रन दिएर ६ विकेट लिए ।
उनले २९ ओभको पहिलो दोस्रो र तेस्रो बलमा लगातार रुपेश सिंह, राजेश यादव, र संसद अन्सारीलाई आउट गरे । तामाङले सोहि ओभरको अन्तिम बलमा रञ्जित कुमारलाई एलबीडब्लूमा पारेर आउट गर्दै टिमलाई पहिलो जित दिलाए । तामाङले जारी प्रतियोगिताको तीन खेलमा १२ विकेट लिँदै विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन् । त्यस्तै प्रतिश जिसिले पनि २ विकेट लिए ।
यसअघि प्रतिश जिसिले आक्रामक ब्याटिङ गर्दै अर्धशतक हिर्काएपछि बागमती प्रदेशले मधेश प्रदेशलाई १९१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।
माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बागमती ४९ दशमलव २ ओभरमा अलआउट हुँदै १९० रनमा समेटियो । बागमतीका लागि प्रतिशले ५९ रनको अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका उनले समान ४ छक्का र चौका हिर्काए ।
त्यस्तै रविन जोशीले २१ रन थपेको खेलमा इशान पाण्डेले १५, विपीन आचार्यले १३, रित गौतमले १२ र रिजन ढकालले ११ रन थपे । बागमतीले ३८ रन अतिरिक्तरुपमा पाएको छ ।
बलिङतर्फ मधेशका रुपेश सिंह र अरनिको यादवले समान २ तथा राजेश यादव, रञ्जित कुमार, पवन सर्राफ र कप्तान हरिशंकर साहले समान १ विकेट लिए ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया