प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले कर्णालीलाई १३४ रनको फराकिलो अन्तरले पाखा लगाएको हो ।
सुदूरपश्चिमले दिएको २७८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा समेटिएको हो । कर्णालीका लागि दिवान पुनले ३८, अर्जुन घर्तीले २४, र दिनेश अधिकारीले २० रन जोडे भने अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ सुदूरका शेर मल्लल चार तथा विकास अग्रीले २ विकेट लिए । पहिलो खेलमा सुदूरले लुम्बिनीलाई हराएको थियो भने कर्णाली पहिलो खेलमा पनि पारजित नै भएको थियो ।
यसअघि टेक रावत, खड्क बोहरा र किरण ठगुन्नाको अर्धशतकमा सुदूरपश्चिमले कर्णालीलाई २७८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २७७ रन जोडेको थियो ।
सुदूरपश्चिमका लागि ओपनरद्धय खडक बोहरा र टेक रावत दुवैले अर्धशतक प्रहार गर्दा किरण ठगुन्नाले पनि अर्धशक प्रहार गरे । ११४ बलको सामना गरेका बोहराले ६ चौका हिर्काउँदै ८० रन जोड्दा ९१ बलमा ७ चौकाको मद्दतमा रावतले ५९ रन जोडे । ठगुन्नाले ३३ बलमा ५ चौका र ३ छक्कासहित ५० रन बनाए । त्यस्तै नारायण जोशीले १२ बलमा नटआउट रहँदै ३ छक्का र १ चौकासहित ३१ रन जोडे भने कप्तान राजु रिजाल १९ र नरेन भट्ट १५ रन बनाएर आउट भए ।
बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दिपेन्द्र रावतले समान १ विकेट लिए ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया