शनिबार, माघ १७, २०८२

राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने

मेरोन्यूज २०८० माघ ३ गते ९:१४

काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले तोकेको खर्चको सीमा अनुसार एक उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने भएका हुन् ।

आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।

त्यसैगरी उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्त गर्नुपर्नेछ । र, निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारहरुलाई आग्रह गरेका छ ।

राष्ट्रियसभाका १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।

प्रतिक्रिया