नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबीच मैत्रीपूर्ण फुटबल

काठमाडौं । नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । २३औँ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा आयोजना गरिएको फुटबल प्रतियोगिता बुधबार प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा भएको भएको हो ।
३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोष कुमार ढकाल टिम क्याप्टेन रहेका थिए ।
प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बल नेपालको फुटबल टिमलाई २–० को अन्तरले जित हासिल गरी विजयी भएको छ ।
महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र उपरथी सन्तोष कुमार ढकालले नेपाली सेनाको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुकासाथै महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडीहरु, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए ।
शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय र सहकार्य गर्दै अगाडी बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरी बीच समय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगिता लगायत अन्य गतिविधिहरु समेत गरिँदै आएको छ ।
खेलकुद प्रतियोगितामा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया