धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मेरोन्यूज
२०८० माघ ३ गते २१:०१

मलेखु (धादिङ) । धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका-५ मा दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ ।
दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् ।
सम्बन्धित
















अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया