शुक्रबार, वैशाख २५, २०८३

आर्मीविरुद्ध कोशी ८८ रनमै अलआउट, आलमले लिए ६ विकेट

मेरोन्यूज २०८० माघ ४ गते १२:२२

काठमाडौँ। कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ ।

Advertisement
NiccNicc

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले २४.४ ओभरमा अल आउट हुँदै ८८ रन बनाएको थियो ।

कोशीका लागि कप्तान अंकित सुबेदीले सर्बाधिक ४१ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मीका बलर शाहाब आलमले काेशीकाे ६ विकेट लिएका थिए । आलमले ६.४ ओभरमा ३ मेडनसहित १४ रन दिएर ६ विकेट लिए।

त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले एक/एक विकेट लिएका थिए ।

प्रतिक्रिया