आफु निर्दोष रहेको भन्दै पूर्व डिआइजी शाहले सार्वजनिक गरे अडियो (अडियाेसहित)

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा साहित्यकार महेशविक्रम शाहले भ्रष्टाचार मुद्दामा आफू निर्दोष रहेको बताएका छन् । भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै शाहले बिहीबार अडियो सार्वजनिक गरेका छन् ।
अडियोमा शाहले पूर्व सई-लेखापाल दीपेन्द्रप्रसाद पनेरुसँग कुराकानी गरेका छन् । उनले पनेरुलाई प्रहरी जवानकाे ‘दाेहाेराे तलब किन निकालेकाे ? यस्ताे किन गरेकाे ?’ भन्दै प्रश्न गरेका छन् ।
सुरुसुरुमा पनेरुले आफुलाई यसबारे केहि थाहा नभएको बताए । पछि शाहले केरकार गरेर सोधेपछि उनले आफुले गल्ति गरेको स्वीकारेका छन् ।
आफु र सहायक लेखापाल केशव मिलेर यो काम गरेको उनले बताए । दोहारो तलब देखाएर आएको रकममा १० लाख केशवलाई दिएको र बाँकी रहेको २१ लाख ५० हजार जति आफुले लगेको पनेरुले भनेका छन् ।
‘जे भएपनि भइसक्याे, अब राजिनामा दिएर जानु हुँदैन, कानुनसँग फेस गर्नुपर्छ’ पूर्व डीआईजी शाहले पनेरुलाई भनेका छन् ।
‘गल्ति भैहाल्याे सर अब के गराैं’ ? पनेरुले साेधेका छन् ।
‘मलाई अन्धकारमा राखेर यस्तो काम गरेर चाहिने नचाहिले काम गर्नुभयो, अब चुनौतिलाइ सामना गर्न तयार रहनुहोला ।’ जवाफमा शाहले भनेका छन् ।
गत बुधबार विशेष अदालतले विशेष भ्रष्टाचार आरोपमा पूर्व डीआईजी शाहलाई तीन वर्ष जेल सजाय सुनाएको थियो । शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको थियाे ।
यस्तै सोही प्रकरणमा पूर्व प्रहरी नायब निरीक्षक (सई– लेखापाल) दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद र जरिवाना गरेको छ।
तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा २०७२ वैशाख २७ मा प्रहरी जवानमा भर्ना भइ २०७२ पुस २२ मा तालिम सकिएका व्यक्तिरुलाई प्रहरी प्रधान कार्यालयले माघ ११ मा तलब-भत्ता सरुवा भएको ठाउँबाट पाउने गरी सरुवा गरेको थियो। तर तत्कालीन समादेशक शाह, लेखापाल पनेरु र लेखा सहायकको मिलेमतोमा जवानहरुको २०७२ माघ र फागुनको तलब-भत्ता समेत खर्च निकालेर आफैंले चलाएर भ्रष्टाचार गरेको भन्दै २० फागुन २०७६ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गरिएकाे थियाे ।
गत ११ पुसमा विशेष अदालतले शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । शाहसहित प्रहरीका पूर्वसई पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा तलब भत्ता प्रकरणमा दोषी ठहर गरेको थियो ।
यस मुद्दाका आरोपित प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशंखेले भने सफाइ पाएका थिए ।
















नेपालीरिका होटेलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
हिमालयन लाइफ इन्स्योरेन्सको १९औं बार्षिक साधारण सभा सम्पन्न
इटालीसँग नेपालको लज्जास्पद हार
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंककाे आग्रह
Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
प्रतिक्रिया