छ महिनासम्म बिदा नलिएपछि ५ प्रहरीलाई सोधियो स्पष्टीकरण

काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङले छ महिनासम्म बिदा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ।
प्रहरी नियमावली २०७१ अनुसार दिइएको बिदा सुविधा नलिएका पाँच प्रहरीलाई बिदामा नबसेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
प्रहरीलाई बिदा नलिनुको कारणबारे स्पष्टीकरण सोधिएको डिएसपी खड्काले बताए । डिएसपी खड्काका अनुसार प्रहरी सहायक हवल्दार सबिन थुक्लुङ लिम्बु, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रूपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको हो।
कारबाहीका लागि स्पष्टीकरण सोधिए नभई नियमानुसार बिदा किन नलिएको भन्दै स्पष्टीकरण सोधिएको डिएसपी खड्काको भनाई छ ।
‘यो भनेको कुनै विषयमा स्पष्ट हुनको लागि गरिने हो,’ उनले भने, ‘६ महिनासम्म बिदा नलिई काम गरेकाले किन नलिइएको हो रु केही समस्या हो कि, परिवारमा केही समस्या पो भएर हो कि भनेर सोधेका हौँ, कारबाहीका लागि होइन।’
प्रहरी नियमावली अनुसार वर्षमा प्रहरी कर्मचारीले ३० दिन घर बिदा र १२ दिन भइपरी आउने बिदा लिन पाइन्छ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया