गायक तथा संगीतकार योगेश वैद्यको निधन
मेरोन्यूज
२०८० माघ ५ गते ८:५३

काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे भ्याली अस्पताल सुन्धारामा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई राति भ्याली अस्पताल लगिएको थियो ।
७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुन्। नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन्। यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन्।
उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले बतायो ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया