शनिबार, माघ १७, २०८२

कोशीविरुद्ध बागमतीका आशुतोषले हाने शतक

मेरोन्यूज २०८० माघ ५ गते ११:५९

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशका ब्याटर आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध शतक हानेका छन् । उनले ९९ बलमा शतक पूरा गरेका हुन् । यो उनको करिअरकै पहिलो शतक हो ।

टियु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ३२ ओभरमा २ विकेट गुमाएर १८४ रन बनाएर खेलिरहेको छ ।

कोशी यसअघिका चारवटै खेलमा पराजित भएको छ । बागमतीले भने चार मध्य दुई खेल जितेको छ । यसअघिको खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको थियो ।

प्रतिक्रिया