प्रधानमन्त्री कपमा मधेससँग ६१ रनले कर्णाली पराजित
मेरोन्यूज
२०८० माघ ६ गते १६:४५

काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
२ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ४१.१ ओभरमा टोली १ सय ७० रनमा समेटिएको हो ।कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले ।
यसअघि कप्तान हरिशंकर साह र अनिल साहको अर्धशतकको मद्दतले मधेसले निर्धातिर ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो । दुवैले समान ५०–५० रन बनाए ।
त्यस्तै अविशेक तिवारीले ३४ रन बनाएका थिए । कर्णालीका लागि दीपेन्द्र रावतले ४ विकट लिए भने अनुज चनाराले २ विकेट लिए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया