सरकार सुशासनको मार्गचित्रसहित राष्ट्रिय कार्ययोजनाको तयारीमा छ : कार्यवाहक प्रधानमन्त्री खड्का

नारायणगढ (चितवन) । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सुशासनको मार्गचित्रसहितको राष्ट्रिय कार्ययोजनाको तयारीमा रहेको बताए ।
नेपाली कांग्रेस प्रशिक्षण शाखा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को आयोजना र नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासी (बर्दघाट सुस्तापूर्व)को संयोजनमा तीन दिने प्रशिक्षक प्रशिक्षणको आज गैँडाकोटमा उद्घाटन गर्दै उनले सरकारले एक महिनाभित्र सुशासनको मार्गचित्रसहित कार्ययोजनाको घोषणा गर्ने बताए ।
उनले भने, “यो अभियान लागू भएको दुई–तीन महिनापछि धेरै विषयमा सेवाग्राहीले धेरै ठूलो पीडाबाट मुक्ति पाउने र सरकारबाट पाउनुपर्ने सेवा सुविधा पाउन थाल्यौँ भन्ने खालको आशा, भरोसा र विश्वासको अवस्था सिर्जना गर्नेगरी काम अगाडि बढाउँदैछौँ ।”
उनले दैनिक सेवाग्राहीले सरकारी कार्यालयमा ढिलासुस्तीका कारणले पाउने दुःख र समस्याको सुधार हुँदै गएको र यसको पूर्ण सुधारका लागि सरकारले कार्ययोजनाका साथमा काम गरिरहेको बताए ।
चाँडै नै सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने गरी सरकार अगाडि बढेको बताए ।
भन्दै उनले यसमा राजस्व बढी भयो भन्ने गुनासोको सुनुवाइ भएको र जनताको चित्त बुझाउने गरी राजस्व घटाउने तयारीमा सरकार रहेको बताए ।
त्यस अवसरमा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपालमा नीति बनाउने क्रममा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको बताए । कांग्रेसले विभिन्न समयमा उल्लेख्य योजनाका साथ काम गरेकोे तर यसको तत्थ्याङ्क नराख्दा जश अरुले पाउने गरेको उनको भनाइ थियो ।
गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री तथा नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति महेन्द्रध्वज जिसी, कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनाल, गण्डकी प्रदेश प्रशिक्षण विभागका डा कुस्माखर न्यौपानेलगायतले पनि सो अवसरमा मन्तव्य राखेका थिए ।
प्रशिक्षण नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गाउँपालिकाबाट एक महिलासहित चार र नगरपालिकाबाट एक महिलासहित पाँच गरी ४५ जना सहभागी हुने कांग्रेस नवलपरासी (बर्दघाट सुस्तापूर्व)का उपसभापति तथा प्रशिक्षण शाखा प्रमुख बालकृष्ण घिमिरेले जानकारी दिए ।
















नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया