बाहुनीडाँडा स्वास्थ्य चौकीको भवन निर्माण

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ ।
विसं २०७८ फागुनमै बनिसक्नुपर्ने स्वास्थ्य चौकीको भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी सम्पन्न भएको हो ।
निर्माण कम्पनीले विसं २०७८ फागुन २७ सम्ममा सम्पन्न गर्नेगरी विसं २०७७ मङ्सिर ११ गते सम्झौता गरेको थियो । पटकपटक थप गरेको म्याद गुजारेका कम्पनीले यही माघ ४ गते स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न गरेको हो । भवन शनिबार नगरप्रमुख विमला राईले उद्घाटन गरेका छन् ।
स्वास्थ्य चौकीको नयाँ भवन बनेसँगै आजदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले जानकारी दिए । “आफ्नै भवन अभावमा स्वास्थ्य चौकीलाई हाल स्थानीय झोक्रे राईको घरका दुईवटा कोठा भाडामा लिएर सञ्चालनको व्यवस्था मिलाइएको छ । स्वास्थ्य चौकीको भाडाको कोठा साँघुरो छ”, उनले भने, “कोठामा बल्लतल्ल दुईवटा मात्र कुर्सी अटाइएका छन् । एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता छ । यी सम्पूर्ण समस्यालाई मध्यनजर गर्दै आजदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको हो ।”
भाडाको घरमा राख्नुअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुँदै आएको थियो । गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्य चौकीलाई विसं २०७९ माघदेखि मासिक रु पाँच हजार भाडा दिएर व्यक्तिको घरमा सारिएको थियो ।
बर्थिङ सेन्टर (प्रसूतिगृह)लाई विसं २०७५ देखि मासिक रु चार हजारमा स्थानीय उषा राईको घरमा राखिएको छ । साउदी सरकारको सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको राखाबाङ्देल, बाहुनीडाँडा, दोर्पाचिउरीडाँडा, मङ्गलटार र बतासे स्वास्थ्य चौकीको भवन निर्माणको काम सुरु गरिएको थियो ।
निर्माण कम्पनीले रु सात करोड ४० लाख ८४ हजार दुई सय ९६ लगानीमा पाँच स्वास्थ्य चौकीको भवन निर्माणको ठेक्का लिएको थियो । हालसम्म पाँचवटै भवनको कामले पूर्णता पाउन नसकेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्य चौकी भवन निर्माण अहिलेसम्म सम्पन्न भएको छैन ।









उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया