सोमबार, वैशाख २१, २०८३

नेपालीलाई फर्काउन सरकारले भन्नासाथ रूसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री

मेरोन्यूज २०८० माघ ७ गते १०:४४

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस-युक्रेन युद्धमा रहेका नेपाली युवालाई तत्कालै फिर्ता ल्याउन नसकिने बताएका छन्।  

Advertisement
NiccNicc

युगाण्डाबाट आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै रुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसके पनि नेपालको आग्रहलाई रुसले मान्ने स्थिति नरहेको बताएका हुन्। 

रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

युगाण्डामा रुसका उप विदेशमन्त्रीसँग भेटेर नै फिर्ता पठाइदिनुपर्‍यो भनेर कुरा समेत भएको तथा मारिएकाहरूको क्षतिपूर्तिको विषयमा पनि कुरा भएको उनले बताए । आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘रुस-युक्रेन युद्धमा छन् । अहिले सरकारले भन्दावित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन ।’

प्रधानमन्त्री प्रचण्डले भने “जहाँ पायो त्यहीँ जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्मविपरीत जहाँ पनि सेनामा भर्ती हुने, बाटो छलेर जाने काम गर्न भएन भन्ने चेतना फैलाउनुप¥यो,” उनले भने, “रूस र युक्रेनसँग कुरा भइरहेको छ । उनीहरू युद्धमै छन् । सरकारले पठाएको पनि होइन, त्यसैले सरकारले भन्नासाथ रुसले मान्ने पनि होइन ।”

प्रतिक्रिया