अफगानिस्तान विमान दुर्घटना : ४ जनाको जीवितै उद्धार

काठमाडौं । अफगानिस्तानमा दुर्घटना भएको एयर एम्बुलेन्समा सवार ६ जनामध्ये चार जना जीवितै फेला परेका छन् । अन्य दुई जनाको अवस्था थाहा हुन सकेको छैन ।
अफगानिस्तानको नागरिक उड्डयन तथा यातायात मन्त्रालयले सामाजिक सन्जाल एक्समा दुर्घटनास्थलको भिडियो पोष्ट गरेर पाइलटसहित चार जनालाई जीवितै उद्धार गरिएको जनाएको छ । अन्य दुई जनाको अवस्था भने थाहा हुन सकेको छैन ।
मन्त्रालयले जारी गरेकाे विज्ञप्ति अनुसार उक्त विमान अफगानिस्तानको हवाई क्षेत्रभित्र थिएन । तर प्राविधिक समस्याका कारण त्यसले आफ्नो बाटो बदलेको थियो । यसबारे थप अनुसन्धान भइरहेको अफगानिस्तान सरकारले जनाएको छ ।
DF-10 विमान अफगानिस्तानको बदाक्षन प्रान्तको कुफ-अब जिल्लामा दुर्घटना भएको थियो । एयर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको उक्त विमान थाइल्याण्डबाट मस्को जाँदै थियो ।
इन्धन भर्नका लागि भारतको गया विमानस्थलमा रोकिएर उडेको उक्त विमान शनिबार राति ७ बजेतिर अफगानिस्तानको आकाशमा पुगेर राडारबाट सम्पर्कविच्छेद भएको थियो ।
त्यसपछि खोजी गर्दै जाँदा उक्त विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा चार जना यात्रु र दुई जना क्रु-मेम्बरसहित कूल ६ जना थिए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया