राष्ट्रिय सभा निर्वाचन : आज रातिदेखि मौन अवधि
मेरोन्यूज
२०८० माघ ८ गते १२:३८

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।
निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहने जनाइएको छ ।
यस अवधिमा उमेदवारका पक्ष/विपक्षमा प्रचार गर्न पाइँदैन । कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ ।
राष्ट्रियसभाको रिक्त १९ पदका निम्ति यही माघ ११ गते निर्वाचन हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
सम्बन्धित
















वनस्थलीमा रास्वपाको सचिवालय बैठक
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया