शनिबार, वैशाख १९, २०८३

एमालेले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

मेरोन्यूज २०८० माघ ९ गते ८:२६

काठमाडौं। संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै छ।

Advertisement
NiccNicc

एमालेले आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। एमालेले जन गुनासो समेटेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेको उनले बताए।  

एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागिएको ज्ञवालीले बताए।

प्रतिक्रिया