बागमतीले गण्डकीलाई दियो १९९ रनको लक्ष्य
मेरोन्यूज
२०८० माघ ९ गते १३:१९

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई १९९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती ४९.१ ओभरमा १९८ रनमा अल आउट भएको हो ।
बागमतीका लागि ओपनर आशुतोष घिरैयाले ६९ बलमा ५ चौकासहित सर्वाधिक ४४ रन बनाए । ईशान पाण्डेले ६२ बलमा २ चौका र २ छक्कासहित ४३ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
बागमतीलाई अल आउट गर्न गण्डकीका कमल परियार एक्लैले ४ विकेट लिए । यस्तै विपिन खत्री र अमृत गुरुङले समान २ २ विकेट लिए । सन्दीप पराजुलीले १ विकेट लिए ।
गण्डकी ४ खेलमा १ मा जित र ३ मा हारसहित २ अंकका साथ आठौं स्थानमा छ भने बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया