माल्टाका गृहमन्त्रीसँग एनआरएनए युरोप युवा संयोजक भण्डारी नेतृत्वको प्रतिनिधिमण्डलकाे भेट

माल्टा । गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप युवा संयोजक प्रकाश भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले माल्टा सरकारका गृहमन्त्री बायरन क्यामिलेरीसँग भेटघाट तथा छलफल गरेको छ ।
भण्डारीसहित एनआरएनए माल्टाका महासचिव सन्देश के.सी, लेखा समिती संयोजक राजेन्द्र भण्डारीसहितको डेलिगेसन टिमले माल्टा सरकारका गृहमन्त्रीसँग नेपालीहरुको समस्या र समाधानको खोजिको बिषयमा छलफल गरेको हो । नेपाली डायस्पोराले पहिलोपटक माल्टामा उच्च ओहोदाको ब्यक्तित्वसँग भेटघाट गरेको हो ।
उक्त प्रतिनिधिमण्डलले भेटघाटमा माल्टामा पछिल्लो समयमा नेपालीहरुलाई आई पर्ने समस्या र समाधानको विषयमा समेत छलफल गरेका थिए ।
भेटघाटमा माल्टा सरकारले ल्याएको नयाँ नियम९क्पष्िि ऋबचम० , नेपालीहरुको विभिन्न समयमा आईपर्ने समस्याहरु जस्तै जव प्लस, टर्मिनेसन पश्चातको १० दिने टाईमको दायरा खुल्ला बनाउने,इमिग्रेसन, आइडेन्टिटा, लाईसेन्सको डेट र लिखीतमा नेपाली टान्सलेट सम्बन्धी बिषय लगायत हाउजिङ अकोमोडेसनकाबारेमा गृहमन्त्रीसँग कुराहरु राखेको एनआरएनए युरोप युवा संयोजक भण्डारीले बताए ।
भेटघाटमा गृहमन्त्री बायरन क्यामिलेरीले नेपालीहरुको समस्यालाई आफ्नो तर्फबाट सम्बोधन गर्ने आश्वासन दिएका छन् । भेटमा नेपाली राजदुताबासबारे उनको जिज्ञासा र माल्टामा रहेका नेपालीहरुको आवश्यक्ताबारे चासो ब्यक्त गर्नुका साथै छिट्टै नै माल्टाका आधिकारीक निकायहरुको साथमा नेपालीहरुको लागी ओरेन्टेसन कार्यक्रम राख्न गृहमन्त्री बायरन क्यामिलेरीले सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् ।
उक्त प्रतिनिधिमण्डलले नेपालीहरुको समस्याहरु अब छिट्टै नै सम्बोधन हुनेमा बिश्वास लिएको छ । साथै छिट्टै माल्टा सरकारका प्रधानमन्त्रीसँग पनि भेटघाटको तालिका तय गर्ने एनआरएनए माल्टाले जनाएको छ ।















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया