नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ
मेरोन्यूज
२०८० माघ ९ गते १७:४७

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाउने गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले धनकुटा स्थायी घर भएकी ३६ वर्षीया आशा लामा भन्ने लालमाया तामाङलाई मंगलबार पक्राउ गरेको हो ।
तामाङ काठमाडौंको जडीबुटीमा सञ्चालनमा रहेका टिमुरे क्याफे र चरिकोट गेस्ट हाउसकी सञ्चालक हुन् । उनले नाबालिकालाई ललाई फकाइ गरेर वेश्यावृत्तिमा लगाउने गरेको पाइएपछि नियन्त्रणमा लिइएको व्युरोले जनाएको छ ।
व्युरोका अनुसार दुई जना नाबालिकालाई पनि उद्धार गरिएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया